Glimpse of the WDAC,Janakpur

Dignified Clothing Campaign Rural Dhanusha.

Seminar organized by WDAC, Janakpur

ICT infusion Seminar supported by Department of Information Technology, Ministry of Science Technology and Environment.

WDAC in ACTION

My organization: WDAC supporting "Clean Janakpur Campaign" held on June 20,2013.

WDAC's launch the Rural Technology Center

Youth at the Launch of the Rural Technology Center.

WDAC supporting CLEAN JANAKPUR CAMPAIGN

Students helping in Campaign of CLEAN JANAKPUR.

Thursday, February 13, 2014

जनकपुरमा ४ वटा प्राविधिक केन्द्रको स्थापना गर्ने तयारी

(News Published in Living with ICT, 2 Feb, 2014)

Seminar organized by WDAC, janakpur
Seminar held by WDAC, Janakpur on "ICT infusion in women - Led rural cooperatives to strength the local development" 

जनकपुरधाम। महिला विकास जनवकालत केन्द्र जनकपुरले ‘ग्रामिण सहकारीमा सूचना सञ्चार र प्रविधीको समावेशी’ विषयक एक दिने गोष्ठी सपन्न गरेको छ। जनपुरधामको  होटेल जानकी इन्टरनेशनल प्रालीमा लक्ष्मी नारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले उक्त एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो।
कार्यक्रममा महिला विकास जनवकालत केन्द्र जनकपुरका कार्यकारी निर्देशक नन्द किशोर मण्डलले यस वर्षको आर्थिक वर्षभित्रै जनकपुरमा चार वटा प्राविधिक केन्द्रको स्थापना गर्ने बताउनुभयो। उहाँले यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधी मन्त्रालय,स्थानीय निकाय लगायतसँग छलफल चाडै नै बसेर छलफल गर्ने प्रतिवद्धता गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सूचना प्रविधी तथा विज्ञान प्रविधी मन्त्रालयका विभागीय निर्देशक रेशमलाल कडेँल,  विवेकशील नेपाली संस्थाको प्रतिनिधी सरोज रोय जिविस धनुषाका अजित झा, डिभिजन सहकारी कार्यालय धनुषाका रामपृत यादव आन्तरिक राजस्व विभागका प्रतिनिधी  लगायत ६५ जनाको सहभागीता रहेको थियो। यसका साथै कार्यक्रमको अफिसियल मिडिया लिभिङ विथ आइसिटी रहेको थियो।
यसअघि  स्थानिय ८ गाविसलाई लक्षित गरि जनकपुरको मिथलेश्वरमा सुचना केन्द्र सुरु गरिएको कार्यक्रम संयोजक तथा नन्द किशोर मण्डलले जानकारी गराउनु भएको थियो। उहाँका अनुसार धनुषाका गाविसहरु मिथेलेश्वर निकास, तारापटटी सिर्सिया, कजराकमैन, मिथिलेश्वर मौहाही, भुथी पटेरुवा लगायत रहेका थिए। उक्त सूचना केन्द्रमा ४ वटा कम्प्युटर राखिएको छ ।
सूचना केन्द्र सुरु भएको एक महिनाको अवधिमा एक सयभन्दा बढि सदस्य भएर कम्प्युटर सम्वन्धी ज्ञान र यसको जानकारी गराएका थिए। अहिले घरेलु साना उद्योगको सहकार्यमा कम्प्युटर तालिम सञ्चालन भइरहेको मण्डलले जानकारी दिएका थिए। सूचना केन्द्र विशेष गरी स्थानिय तथा पछाडी परेका मधेषी, दलित महिलाहरुमा बढी केन्द्रित रहेको उहाँको भनाइ थियो। यस सूचना केन्द्रलाई डिजिटल लाइब्रेरीको रुपमा पनि विकास गर्न फोस नेपाल लगायत अरु सस्थाहरुसँग पनि कुराकानी भइरहेको मण्डलले लिभिङ विथ आइसिटीलाई जानकारी गराउनु भएको थियो।
इन्टरनेट सेवाको लागि स्थानिय आइएसपी तथा इन्टरनेट सोसाइटीसग सहयोगको लागि आग्रह गरेको तर अहिलेसम्म सहयोग प्राप्त नभएको मण्डलको गुनासो थियो।